
बुटवल ,भदौँ १४
आइतबारदेखि अवरुद्ध रहेको बुटवल–पाल्पा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । ‘सोमबार दिउँसो ४ बजेबाट बुटवल–पाल्पा सडक एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।
पाल्पाको तान्सेन नगरपालिका–८ डुम्रेमा खसेको पहिरो आशिंक रुपमा हटाएपछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले बताए । ।’ प्रवक्ता पाण्डेले भने ‘ सबै पहिरो हटाएर सडक दुईतर्फी रुपमा नै सडक सञ्चालनमा आउन भने धेरै समय लाग्छ होला।’