रोहिणी सिंचाइ आयोजनाको त्रुटिपूर्ण स्थानीयवासी

[sharethis-inline-buttons]

भदौ १६,  ।

रोहिणी सिंचाइ आयोजनाको त्रुटिपूर्ण निर्माण प्रक्रियाका कारण आफुहरु डुवान प्रभावित हुनु परेको रुपन्देहीको देवदह -२ र ३ का स्थानीयवासीले वताएका छन । प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा र प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपाने सहितको अनुगमन टोलीलाई भेटेर उनीहरुले प्रविधिक रुपमा कमजोर योजनालाई तत्काल रोक्नु पर्ने माग गरेका हुन ।

योजनाकै कारण आफुहरु वर्षौ देखि डुवानमा परेको बताउदै स्थानीयवासीले तटीय क्षेत्रका जनताको हित विपरित निर्माण गरिएको योजनाले अत्यधिक कष्ट दिएको बताए । सिंचाइ आयोजना क्षेत्र र त्यसबाट प्रभावित वस्तीको अवलोकन गर्दै पुर्व मन्त्री विश्वकर्माले जनताको भावना र चाहाना अनुरुप नै योजना अघि बढाउन पहल गर्ने बताउनु भयो । जनताको हित प्रतिकुल हुने गरि योजना अघि वढन नसक्ने बताउदै नेकपा एमालेका स्थायी कमिटी सदस्य विश्वकर्माले डुवान प्रभावितका लागि राहात उपलब्ध गराउन आफुले जोड दिएको जानकारी गराउनु भयो । विकासका कामहरुले जनतालाई उपलब्धि हुनु पर्ने भन्दै विश्वकर्माले यथास्थितिमा योजनालाई अघि बढन नदिईने धारणा राख्नु भयो । स्थानीय वासीको माग अनुसार योजनालाई सुधार गरेर जनतालाई प्रभाव नहुने ढुक्क भए पछि मात्रै निर्माण कार्यलाई अघि बढाइने उहाले बताउनु भयो । अबलोकनका क्रममा देवदह २ का वडा अध्यक्ष धर्मागत पाण्डे, देवदह-३ का वडा अध्यक्ष वैकुण्ठ कुवरले वडामा भएका डुवान प्रभावका बारेमा जानकारी गराएका थिए । अवलोकनमा नेकपा एमालेका सचिवालय सदस्य ऋषिराम सापकोटा , जिल्ला सदस्य प्रकास अर्याल, नगरकार्य पालिका सदस्य बन्धु कुमाल लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो


प्रकाशित : २०७८ भाद्र १६, बुधबार ०८:२४