
१६ भाद्र,
रुपन्देहीमा लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–६ वेथरी का ३० वर्षीय अनुप कहार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
कहारले चलाएको लु ३३ प।३४७७ नम्बरको मोटरसाईकल चेकजांच गर्ने क्रममा आज दिउँसो लागुऔधषसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले लगाएको हाफ पाईन्टको दाँया खल्तीमा नाईट्राभेट १० लेखेको १ पत्ता, मोटर साईकलको टुलवक्स भित्र लुकाई छिपाई राखेको अवस्थामा नाईट्राभेट १० लेखेको ६ पत्ता, सोही टुलवक्समा वनरेक्स १०० एम।एल।को झोल सहितको सिलप्याक ४ वोत्तल फेला परेको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । मोटरसाइकल र कहारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

