बुटवल–पाल्पा सडकखण्ड २ दिन रातिमा बन्द हुने

[sharethis-inline-buttons]

बुटवल ,भदौँ १७

सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–पाल्पा सडक खण्ड २ दिन रातिमा सञ्चाालनमा नआउने भएको छ । ।अविरल वर्षाका कारण तानसेन नगरपालिका–८ स्थित तल्लो डुम्रेमा गएको पहिरो हटाउन अझै बाँकी रहेकाले पहिरो हटाउन रातिमा सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जानकारी दिएको छ।

बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म बुटवल–पाल्पा सडक खण्ड बन्द रहने पाल्पाका साहयक प्रमुख जिल्ला शशीधर घिमिरेकाले जानकारी दिएका छन ।


प्रकाशित : २०७८ भाद्र १७, बिहीबार ०९:३४