लुदस, विजयनगर
कपिलवस्तुको पश्चिमी क्षेत्र विजयनगरमा राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नेको जनलहर बढे्को छ । केही समय अधिमात्र ठुलो संख्यामा राष्ट्रिय जनमोर्चा को पार्टी प्रवेश गरेको पालिकामा पुन शुक्रवार करिव ३ दर्जन अन्य पार्टीका कार्यक्रर्ता राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् ।
विजय नगरको वडा न ६ ,जुटपानी विद्यालय मा राष्ट्रिय जनमोर्चाद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रम विजय नगर गाउँ पालिका का अध्यक्ष गोपाल सुनार को सकृयतामा प्रवेश कार्यक्रम मा २०५४ को स्थानीय निर्वाचनमा गाविस अध्यक्ष स्वतन्त्र बाट विजय भएका सोही वडाका अमृत यादव भन्ने मन्त्राज यादव सहितका ५५ जना राष्ट्रिय जनमोर्चा मा प्रवेश गरेका हुन् ।
यादव सहितका ५५ जना लाई शुक्रवार नै अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार केर सिंह अदै ,सदस्यता प्रदान गरेका हुन् ।
सो अवसरमा बोल्दै अखिल नेपाल किसान महासंघ का केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार केर सिंह अदै , नेकपा मसाल कपिलवस्तु जिल्ला प्रवक्ता छबिलाल गैरे लगाएतले बोल्दै पछिल्लो समय विजयनगर लगाएत विभिन्न स्थानमा राष्ट्रिय जनमोर्चा मा प्रवेश गर्ने जनलहर बढ्को बताउदै देशको तत्कालीन राजनीतिक परिस्थितिमा राष्ट्रिय जनमोर्चा को नीति कार्यक्रम राष्ट्रियता, एमसीसी सम्झौता, को विरुद्ध संघर्ष को बारेमा प्रकाश पार्दै , नव प्रवेशी यादव सहितका कार्यक्रर्ताहरुलाई इमान्दारिता पुर्वक पार्टी र जनताप्रर्ति काम गनुपर्ने भन्दै शुभकामना व्यक्त गरेका थिए ।
नव प्रवेशीको तर्फबाट बोल्दै यादव ले आफू लगाएतका सवै साथिहरु राष्ट्रिय जनमोर्चा को नीति कार्यक्रम, र संघर्ष बाट प्रभावित भएको भन्दै उनले इमान्दारी का साथ काम गर्ने बताए । राष्ट्रिय जनमोर्चा मा प्रवेश गरेकाहरुलाई राष्ट्रिय जनमोर्चा विजय नगर गाउँ पालिका वडा नं १ का अध्यक्ष प्रभु यादव ,वडा नं ५ का खदेरु पा सी, वडा नं ६ पटेश्वरी यादव, वडा नं ७ का राम समारे कोरी, ले बधाई दिँदै राष्ट्रिय जनमोर्चा विजय नगर मजबूत हुदै गएको जिकिर गरेका थिए ।