काठमाडौं ,२८ भाद्र
नेपाल राष्ट्र बैंकले दशैंका लागि असोजको पहिलो हप्तादेखि नयाँ नोट साटिने तयारी गरेको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न लागेको बताए ।
क’ वर्गका बैंकहरुले समेत दशैंका लागि सर्वसाधरणलाई नयाँ नोट वितरण गर्नेछन् । यसका लागि अधिकांश बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले बताए ।