आजको शेयर बजार :नेप्से परिसूचक ७६।६५ अंकले घट्यो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

भदौँ ३१

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक ९नेप्से० ७६।६५ अंकले घटेको छ। २८८९।२१ बिन्दुबाट शुरू भएको बजार क्रमशः ओरालो लाग्दै २८१०।२८ बिन्दु पुगेर कारोबार रोकिएको हो। आज सबै उपसमूह घटे पनि मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बिहीबार २२९ कम्पनीको १ करोड ६४ लाख ६८ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ९ अर्ब ३३ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ।

आज फाइनान्स उपसमूहको सूचक ४।९४, जलविद्युत् ४।०८, लघुवित्त उपसमूहको सूचक ३।१४ प्रतिशतले घटेको छ। त्यसैगरी, विकास ब्यांक उपसमूह ३।६३, होटल तथा पर्यटन ३।६२ प्रतिशतले ओरालो लागेको छ।


प्रकाशित : २०७८ भाद्र ३१, बिहीबार १०:२०