भारतमा थप ३४ हजार ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

नयाँ दिल्ली , आश्विन १

बितेको २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिएको यो संख्यासगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७२८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो एकदिनमा कोरोना सङ्क्रमणका कारण भारतमा ३२० व्यक्तिको मृत्यु भएको जनाइएको छ । हाल भारतमा तीन लाख ३९ हजार ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टामा ३७ हजार ९५० जना कोरोना मुक्त भएका छन् ।


प्रकाशित : २०७८ आश्विन १, शुक्रबार ०९:३४