
लुदस,
ईलाका प्रहरी कार्यालय पिपराले ठुलो मात्रामा चोरीका मोटरसाईकल र कार भन्सार चलान गरेको छ ।
विभिन्न समयमा चेकजाँच गर्दा कागजात उल्लेख नभएका चोरी पैठारी भई आएका ७ मोटरसाईकल ३ वटा स्कुटर र एउटा अल्टो कार पिपरा प्रहरीले सुठौली भन्सार चलान गरेको छ ।
प्रहरीले ति साधनको मुल्य करिव ९ लाख ८५ हजार मुल्य कायम गरेको छ ।
लागु औषध तत्करी र विभिन्न घट्नामा सकृय भएको प्रहरीले पछिल्लो समय राजश्व संकलनमा पनी उल्लेख्य काम गरेको हो ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरु∙ आएयता सामान्य नागरिकहरुले पनी प्रहरीको कार्यशैलिको प्रशंशा गर्दै आईरहेका छन् ।
प्रहरीले करिव १ वर्षको अवधिमा नदी जन्यबाट १० लाख बढी राजश्व संकलन भएको प्रहरी तथ्या∙मा उल्लेख छ ।
नदिजन्य वाहेक अन्य राजश्व छलिका सामान वरामत गरि राजश्व वृद्धिमा टेवा पु/याएको प्रहरीले , यस क्षेत्रमै पहिलो पट्क रेड पाण्डा तस्करी, लोड गरि राखिएको पेस्तोल, भरुवा बन्दुक पक्राउ गरि सफलता हात पारेको थियो ।
प्रहरीको सकृयाताले काठ,तथा विभिन्न तस्करीको जालो तोड्न सफल भएको नागरिकको ठम्याई छ ।
हरेक वर्ष यसै समयमा नदिजन्य पदार्थ तस्करी रातदिन हुने तर यसवर्ष प्रहरीको सकृयताले कमी आएको बाणगंगाका सुरेश पौडेलले बताए । प्रहरीले कार्यालय व्यवस्थापन, पर्खाल निर्माण, सिसिटिभि जडान भौतिक पुर्वाधार विकास तथा आन्तरिक महत्वपुणर् योगदान पु/याएको बताईएको छ ।