नेकपा एमाले सिस्टमको लडाई लडिरहेको छ : केन्द्रिय सदस्य घिमिरे

[sharethis-inline-buttons]

सरिता थारु, कपिलवस्तु
नेकपा एमालेका केन्द्रिय सदस्य तथा राष्ट्यि सभा सदस्य विमला घिमिरेले नेकपा एमाले अहिले सिस्टमको लडाई लडिरहेको बताउनुभएको छ । उहाले वर्तमान सरकाले दलिय व्यवस्थालाई धरापमा पार्ने गरि अध्यादेश ल्याउने र पमादेशको सरकार गठन गरेको बताउदै सिस्टमको लडाई लड्नु परेको बतानउभनुभयो । उहाले वर्तमान सरकारले संविधानको गलत व्याख्या गरेकोले नेकपा एमालेले अहिले संसद अबरुद्ध गरिरहेको जिकिर गर्नु भयो । राष्ट्रिय युवा सघं नेपाल बाणगंगा नगरपालिका वडा स्तरिय भेला तथा अधिवेशनलाई वडा नं. ६ मा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

साथै उहाले वर्तमान सरकारले ओली सरकारले निर्णय गरेका १४ सय सडकका योजनाहरु काटेको बताउदै सुकम्बासी आयोग विघटन गरि अर्को सुकुम्बासी आयोग गठन गरेको नाटक रचेको औल्याउनुभयो ।

यस्तै विशिष्ट अतिथी नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले बोल्दै देश विकासमा युवाहरुको भुमिका महत्पुर्ण रहेको बताउदै सबै युवाहरु अहिले गोलबद्ध हुन आवश्यक रहेको बताउनुभयो । साथै उहाले समाजमा युवाहरुको भुमिकालाई स्थापित गर्न युवाहरु संगठित हुन जरुरी रहेको औल्याउनुभयो ।

यस्तै कार्यक्रममा जिल्ला सचिवालय सदस्य रिता थारु, वडा कमिटी अध्यक्ष नमनारायण उपाध्याय, वडा सहइन्र्चाज हुमनाथ भट्राई, पुर्व युवा इन्र्चाज तेजेन्द्र पाण्डे, राष्ट्यि युवा सघवं नेपालका केन्द्रिय सदस्य तथा नगर अध्यक्ष कमल क्षेत्री, वडा नं. ६ का वडा अध्यक्ष सुकदेव थारु लगाएतले बोल्नु भएको थियो । बागेश्वरी सामुदायिक वनको सभाहलमा सम्पन्न कार्यक्रमम राष्ट्यि युवा सघं नेपाल वडा नं. ६ का वडा इन्र्चाज दिपक बेल्बासेको अध्यक्षता तथा हरि आर्चायको संचालनमा भएको हो ।

यसैविच वडा भेला तथा अधिवेशनले बाणगंगा नगरपालिका वडा नं. ६ को राष्ट्यि युवा सघं नेपाल वडा कमिटीको अध्यक्षमा रणबहादुर काउचा सर्बसहमत चयन हुनुभएको छ । ६ जनालाई पछि मनोनित गर्ने गरि रणबहादुर काउचाको अध्यक्षतामा ४१ सदस्यीय वडा कमिटी गठन गरिहएको हो ।

जसको उपाध्यक्षमा दिनेश रन्जन, सचिवमा सागर पौडल, सहसचिव नवराज शर्मा र कोषाध्यक्षमा मन्जु थारु सर्व सहमत चयन हुनुभएको छ । निर्वाचित सबै पदाधिकारीलाई राष्ट्यि युवा सघं नेपालका केन्द्रिय स्थायी कमिटी सदस्य गोपालमणी ज्ञवालीले पथ ग्रहण गराउनुभएको थियो ।

 

 


प्रकाशित : २०७८ आश्विन ५, मंगलवार १५:०१