विपतमा परेका जनताहरुमा आउने आक्रोसलाई स्वाभाविक भएको भन्दै आफूमाथि आक्रमण गर्ने यूवालाई छाड्न बुटवलका प्रमुख सुवेदीको आग्रह

[sharethis-inline-buttons]

बुटवल, आश्विन ५

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले विपतमा परेका जनताहरुमा आउने आक्रोसलाई स्वाभाविक भएको भन्दै आफूमाथि आक्रमण गर्ने युवालाई छाड्नका लागि प्रहरी कार्यालयलाई आग्रह गरेका छन् । आफूमाथि आक्रमण भएपछि पक्राउ परेका युवा गणेश पङ्गेनीलाई तत्काल छाड्नका लागि प्रमुख सुवेदीले जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवललाई आग्रह गरिएको बताए ।

सुवेदीले आफ्नो कसैप्रति आग्रह(पूर्वाग्रह नभएको जनाउँदै विपतमा परेका जनताहरुमा आउने आक्रोसलाई स्वाभाविक मानेको बताए । उपमहानगरले बाढी, पहिरो तथा विपद्मा परेका नागरिकहरुको उद्धार, राहत तथा पुनःस्थापनका लागि सक्दो पहल जारी राख्ने बताउँदै उनले सो कुरा उल्लेख गरेका छन् । प्रमुख सुवेदीले आक्रमण गर्ने युवामाथि आफूले कुनै पनि मुद्दा मामिला नलगाउने प्रष्ट पार्दै हिरासतमा नराख्न आग्रह गरेको बताए ।


प्रकाशित : २०७८ आश्विन ५, मंगलवार १७:४२