
काठमाडौं,आश्विन ७
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७८ लाई पारित गरियोस भन्ने प्रस्ताव राष्ट्रियसभाको बहुमतद्धारा पारित भएको छ । अर्थमन्त्री शर्माले बिहिबार बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८र७९ को बजेट बहुमतले पारित गरेको हो ।
अर्थमन्त्रीले पेश गरेको प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले भने उठेर विरोध जनाए पनि सभाको बहुमत सदस्यले अर्थमन्त्रीको प्रस्ताव बहुमतले पारित गरेको थियो ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमाथि गत साउन २५ गते अर्थमन्त्री शर्माले प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।
प्रतिनिधिसभाबाट एमालेको नाराबाजीका बीच पारित भएको सो विधेयक सन्देशसहित राष्ट्रियसभामा पठाइएको थियो । प्रतिनिधिसभाबाट पारित भएको आएको सो विधेयक राष्ट्रियसभाले स्वीकृत गरेसँगै राष्ट्रपतिले प्रमाणित गरेपछि कार्यान्वयनमा आउनेछ ।

