
काठमाडौं असोज ७
पछिल्लो डेढ वर्षभन्दा बढी समयदेखि संसारभर नै आतकं फैलाएको कोरोना भाइरसको महामारी आउदो एक बर्षभित्र अन्त्य हुने एक प्रख्यात खोप निर्माताले बताएका छन । कोरोना भाइरस महामारी अब एक बर्षमा समाप्त हुने मोडर्ना खोपका निर्माता तथा कम्पनीका मुख्य कार्यकारी स्टीफन बन्सेलले बताएका हुन ।
उनले स्विस पत्रिका नीयू जुएर्चर जितुङलाई खोप उत्पादनमा वृद्धि भएकाले खोपको वैश्विक आपूर्ति तिव्रताका साथ हुने बताएका छन् यसको अर्थ खोप संसारको सबै कुनामा तिव्रताका साथ पुग्न सक्छ ।
उनका अनुसार यदि हामीले पछिल्लो छ महिनाको खोपको उत्पादन क्षमतालाई हेर्ने हो भने अब एक वर्षको मध्यसम्म पर्याप्त डोज उपलब्ध हुनु पर्छ, जसले संसारमा रहेका सम्पूर्णलाई खोप लगाउन सकिने छ ।यति मात्र होइन, जसलाई बूस्टर डोजको आवश्यकता छ, उनीहरुलाई पनि खोप लगाउन सकिने छ ।
उनका अनुसार चाँडै नै शिशूहरुका लागि समेत कोरोनाको खोप उपलब्ध हुनेछ ।
जो व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेका छैनन्, उनीहरु स्वभाविक रुपले नै आफूलाई प्रतिरक्षित गर्नेछन्, किनभने डेल्टा भेरियन्ट अति नै संक्रामक छ ।यसरी हामी फ्लूजस्तो स्थितिमा रहने छौं ।
।