
पाल्पा ,असोज ८
वगनाशकाली गाउँपालिकामा एक युवक मृत अवस्थामा फेला परेका छन्। वगनाशकाली गाउँपालिका ७, खानीगाउँ झाँक्रिस्थान बस्ने दिपक भट्टराई मृत अवस्थामा फेला परेका हुन ।
३५ वर्षीय भट्टराइ आफ्नै घरदेखि ५ सय मिटर पर बिहीबार साँझ ७ः३० बजे मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
भट्टराइको शव बारीको कुनामा भेटिएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।