गुल्मीमा एकै घरका ३ जनाको मृत्यु भएको घटनाप्रति मुख्यमन्त्री केसीद्वारा शोक वक्तव्य, प्रदेश सरकारले राहत प्रदान गर्ने

[sharethis-inline-buttons]

बुटवल असोज ८

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले गुल्मीको रेसुङ्गा नगरपालिका ८ थुम्कामा प्राकृतिक विपत्तिमा परेर जीवन गुमाएका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै प्रदेश सरकारले राहत प्रदान गरिने बताएका छन् । उनले आज शोक वक्तव्य जारी गर्दै प्राकृतिक विपत्तिले लुम्बिनी प्रदेशलाई निकै क्षति पु–याएको शोक वक्तव्य मार्फत बताएका हुन् ।

२०७८ साल असोज ५ गते परेको अविरल वर्षाका कारणले गुल्मीको रेसुङ्गा नगरपालिका थुम्का ८ टोलमा गएको पहिरोबाट नगरपालिका ८ थुम्का टोल निवासी तिलक परियारको २१ वर्षीय छोरी भावना परियार, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुना परियारको मृत्यु भएको थियो ।

मुख्यमन्त्री केसीले जारी प्रेस विज्ञप्तिमा भनिएको छ– प्रदेश सरकारले यो दुखद् घटनामा परि जीवन गुमाएका मृतक, भएको क्षतिपूर्तिको विषयमा सम्बन्धित निकायको राय परामर्श गरी राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा हुने प्राकृतिक विपत्तिहरूलाई पनि सामूहिक रूपमा सहकार्य गरी सामना गर्नका लागि अपिल गर्दछु ।


प्रकाशित : २०७८ आश्विन ८, शुक्रबार १४:३९