बुटवल ,आश्विन ८
रुपन्देहीमा जारी निषेधाज्ञा असोज १६ गतेसम्म थप भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गरी जारी निषेधाज्ञा असोज १६ गते राति १२ सम्मका लागि थप गरिएको जनाएको छ ।निषेधाज्ञा थपिएपनि चहलपहल ,भडभाड बढिरहेको छ ।
प्रशासनले निषेधाज्ञाको समयमा पनि स्वास्थ्य सूरक्षाका मापदण्ड पालना गरेर सबै गतिबिधी सञ्चालन गर्न भने अनुमति दिएको छ ।



















