
काठमाडौँ ,आश्विन १४
शेयर बजार कारोबार मापक नेप्से आज ३२ अङ्कभन्दा धेरैले घटेको छ । हिजो ५० अङ्कले बढेको शेयर बजार आज ३२ दशमलव ५१ अङ्कले घटेर २ हजार ६ सय ३३ अङ्कमा आइपुगेको छ ।
आज विकास बैंक समूहको शेयर एक सय ५५ अङ्क, हाइड्रोपावरको २, फाइनान्सको ६८, निर्जीवन बीमाको १०४ अङ्क, माइक्रोफाइनान्सको ३८ र जीवन बीमा समूहको शेयर १०१ अङ्कले घटेको छ । समग्र बजार घटे पनि व्यापार समूहको शेयर ११८ अङ्कले बढेको छ ।
आज गुडविल फाइनान्स, प्रिमियर इन्स्योरेन्स र हिमालयन पावर पार्टनरको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । बजार घट्दा पनि नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्तीय वित्तीय संस्था र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज दुई सय २५ कम्पनीका ७३ लाख २१ हजार कित्ता शेयर तीन अर्ब ७० करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

