आज सुन तथा चाँदीको कारोबार हिजोकै मुल्यमा

[sharethis-inline-buttons]

काठमाडौं, असोज १८

नेपाली बजारमा सोमवार सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार रू। २०० ले बढेको सुनको भाउ सोमवार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू। ८९ हजार ८०० मा कारोबार भएको छ । आइतवार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू। ८९ हजार ३५० मा कारोबार भएको छ । सोमवार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतवार प्रतितोला रू। १ हजार १६० मा कारोबार भएको चाँदी सोमवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।


प्रकाशित : २०७८ आश्विन १८, सोमबार १२:५७