ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अध्ययन भएको ३४ वर्ष बित्यो, कार्यालय खुल्यो अरू काम बढेन

लुम्बिनी दर्पण २०७८ आश्विन १८, सोमबार १५:५२
[sharethis-inline-buttons]

अर्घाखाँची, आश्विन १८

।नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य गति लिने आसा फेरि निराशमा परिणत हुँदै गएको छ । लुम्बिनी प्रदेशको पाँच जिल्लालाई प्रत्यक्ष फाइदा गर्ने यो बहुउद्देश्यीय आयोजनाको प्राविधिक अध्ययन सम्पन्न भएको ३४ वर्ष पूरा भइसकेको छ । यो अवधिमा मुलुकभित्र भिन्नभिन्न व्यवस्था फेरिए पछिल्लो समय योजना स्थलमै कार्यालय स्थापना भई काम सुरु गर्ने तयारी भएपनि पछिल्लो पटक कार्यालयबाट कुनै काम हुन सकेको छैन् ।

अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने माडी र झिमरुक नदीको संगम नौमुरे क्षेत्रमा यो आयोजना पर्छ । तत्कालीन पञ्चायत सरकारले सस्तो लागत खर्चमा निर्माण गर्ने भनेर २०४३ सालमा यो आयोजनासम्बन्धी भौगलिक परीक्षण, पानीको बहाव परीक्षणका साथै प्राविधिक अध्ययन गराएको थियो। २०४६ सालमा बहुदलीय व्यवस्था आएपछि यो आयोजनाको निर्माण कार्य अघि बढाउने भनेर पटक–पटक चर्चामा ल्याएर प्रतिबद्धता पनि गरिएको थियो ।

अर्घाखाँचीको शितगंगा नगरपालिका–७, ८ र प्युठानको सरुमारानी गाउँपालिका–३ को सिमानामा पर्ने आयोजनाको काम सुरु गर्ने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पनि आश्वासन दिएका थिए । प्रधानमन्त्री दाहाल पहिलो पटक भारत भ्रमण जाँदा भारतले उक्त आयोजनालाई उपहारका रूपमा निर्माण गरिदिने वचन दिए । तर, २०७१ साउनमा सरकारले उक्त आयोजना आफैं बनाउने भन्दै पानी भारतलाई दिन नसक्ने अर्को निर्णय गरी यो आयोजनाको निर्माण कार्यलाई फेरि अनिश्चितताको बाटोमा डो¥याएको थियो ।

भारतलाई नदिएर आफैं निर्माण गर्ने निर्णय गरेको सरकारले नीति तथा कार्यक्रमै एक प्रदेश एक जलाशययुक्त जलविद्युत् आयोजनाअन्तर्गत नौमुरे आयोजनालाई समावेश पनि गरेको थियो । यो अवधीमा आयोजनाको कार्यालय स्थापना बाहेक केही भएको छैन । ‘संघीयता आउनु अघिदेखि नै आयोजनाको काम बढाइन्छ भनेर सुन्दै आएको छु,’ शीतगंगा–७ का घनश्याम अधिकारीले भने,‘३४ वर्षको अवधीमा बल्ल तल्ल कार्यालय स्थापनासम्म भएको छ । विस्तृत परियोजना अध्ययन पनि सुरु भएको सुन्दैछु।’ आयोजनाको नाममा पटक–पटक भएको छलकपटका कारण आयोजनाको काम अघि बढ्नेमा उनी विश्वस्त छन् ।

पाँच महिनाअघि स्थापना भएको कार्यालयमा हाल ताल्चा लागेर बन्द अवस्थामा छ । गत चैतमा पुर्व प्रतिनिधि सभा सदस्य तथा पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीले उक्त कार्यालयको उद्घाटन गरेका थिए । सात वर्षमा २ सय ८१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको कार्यालय उद्घाटन गरिएको आयोजना स्थल रहेको बडा नम्बर ७ का बडा अध्यक्ष मोहन पन्थीले जानकारी दिए । विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहले कोभिडका कारण आयोजनाको काम अघि बढ्न नसकेको दाबी गरे ।

नौमुरेको विस्तृत अध्ययन, भवनको जग्गा छनोट, जग्गा खरिद, डुबान क्षेत्र पहिल्याउने लगायतका काम गर्ने लक्ष्य भए पनि कोभिडका कारण तत्काल सम्भव नभएको सिंहको भनाइ छ । विद्युत् विकास विभागले प्रस्ताव गरेको आयोजनामा तीन खण्डमा गरी २ सय ८१।३४ मेगावाट विद्युत् उत्पादन गरिनेछ । राप्ती नदीमा १६९ मिटर अग्लो बाँध बनाएर आयोजना अन्तर्गत तीन वटा आयोजना निर्माण गर्न लागिएको हो । अर्घाखाँचीको शीतगंगा ७ र ८ को सिमानामा बाँध निर्माण गर्नुका साथै प्यूठानको सरुमारानी ३ मा विद्युत गृह निर्माण गर्ने लक्ष्य छ ।

शीतगंगा ७ को लामा तालमा रि–रेगुलेटिङ बाँध बनाएर आठ मेगावाटको लामा ताल जलविद्युत् आयोजना निर्माण गर्ने योजना विभागले तयार गरेको छ । लामाताल जलविद्युत् आयोजनाको टेलरेसबाट छोडिएको पानी प्रयोग गरी शीतगंगा नगरपालिकाको लाहापे माथिको पहाड, लौरी सीताराको पहाड र धानखोला नजिकको पहाडमुनी सुरुङ बनाएर कपिलवस्तुको शिवराज नगरपालिका १ स्थित सुराई खोला नजिकै ५४।७ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिने योजना छ।आयोजनाबाट विद्युत् उत्पादन साथै दाङ र कपिलवस्तुमा सिँचाइ सुविधा उपलब्ध गराउने योजना छ । आयोजनामार्फत वितरण हुने पानीले देउखुरी, बाँके, कपिलवस्तुमा गरी ८३ हजार ३०२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने योजना बनाइएको छ । देउखुरीको १० हजार आठ सय, बाँकेको ४२ हजार ७ सय ६६ र कपिलवस्तुको २९ हजार ७ सय ३६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । यसका लागि एक खर्व २८ अर्व बजेट अनुमान गरिएको छ । स्रोत गोरखापत्र


प्रकाशित : २०७८ आश्विन १८, सोमबार १५:५२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

सुनचाँदीको मुल्य बढ्यो

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सुनचाँदीको मूल्य बढ्यो

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

राष्ट्रिय बाणिज्य बैंकको RBB Foneloan सेवा सहज, एक लाख रुपैयाँसम्मको कर्जा उपभोग सकिने

निर्विरोध नेतृत्वसहित तिलोत्तमा नगर समितिको नयाँ यात्रा सुरु — सभ्य र भव्य अधिवेशनमा गम बहादुर थापाको टिम चयन

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech