
काठमाडौँ, आश्विन १८
नेप्से सूचक ६।६८ अंकले घटेको छ । आज जेप्से परिसुचक घटेर २५७०।८१ विन्दुमा पुगेको हो । ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ यन्डेक्स पनि १।२८ प्रतिशतले घटेको छ ।
साताको दोस्रो दिन आज १२ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा युनाइटेड मोदी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।
यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र हिमालयन डिष्टिलरी परेका छन् । १३ मध्ये ४ समूहको सूचक वृद्धि भएको छ । ४ कम्पनीको भाउ बढेर सर्किट लागेको छ ।