
लुदअ कपिलवस्तु १९ साउन
कपिलवस्तुको कृष्णगनर नगरपालिकामा फैलिएको झाडापखालको प्रकोपबाट २ जनाको मृत्यु भएको छ । झाडापखालाबाट वडा नंम्बर. ९ वहादुरगन्जमा २ जनाको मृत्यु भएको हो । हुनेमा वर्षमा ५ को राज कश्यप र वर्ष ४० को राम प्रसाद केवट रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए । बालक कश्यपको स्थानीय निजी क्लिनीकमा उपचार गर्नेक्रममा र केवटको घरमै मृत्यु भएको पाण्डेयले बताए । नगरपालिकाको वडा नं. ५, ७, ८ र ९ वडामा आइतबार रातिदेखि प्रकोप फैलिएको उनले बताए ।
वडा भरि प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचद्र घिमिरेले बताए । बहादुरगंज अस्पतालमा सय बढीले उपचार गराई रहेका छन । २० जना सिकिस्त बिरामीलाई थप उपचारका लागि बुटवल र तौलिहवा अस्पताल पठाइएको घिमिरेले बताए । बिरामीहरुलाई बेडको अभावले भुई मै उपचार गराईरहेका छन । समुदायमा रहेका बिरामीको संख्या एकिन हुन सकेको छैन ।
नगरपालिका वडा नं. ९ का अध्यक्ष राम मिलन कुर्मीले समुदायमा प्रभावित हुनेको पहिचान गरी उपचारको तयारी सुरु भएको बताए । प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयको टोली मंगलवार बिहानै बहादुरगंज पुगेका तथा लर प्रदेशबाट उपचार टोली समेत त्यहा पुगेका छन । साँझ सम्म पनि झडापखालाका बिरामीहरु अस्पतालमा आईरहेको स्थानीय मनिष गुप्ताले बताए ।