
तिलोत्तमा, असोज २१
तिलोत्तमा चेम्बर अफ कमर्स९ब्यापार संघ० को आयोजनामा विजया दशमी, शुभ दीपावली, नेपाल संमत् ११४२ एवं छठ पर्व २०७८ को शुभकामना आदान(प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद एवं पुर्व मन्त्री माननीय लिला गिरीज्यू, विशिष्ट अतिथि तिलोत्तमा नगरपालिका नगर प्रमुख बासुदेव घिमिरे, अतिथि ईलाका प्रहरी कार्यालय मंगलापुर प्रमुख लक्ष्मण डांगी, अतिथि निवर्तमान अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव झबिन्द्र प्रसाद कंडेल९जे।पी।०, अतिथिहरुमा पुर्व सल्लाहकार ज्युहरु, पुर्व पदाधिकारीज्युहरु, पुर्व कार्यसमिति सदस्यज्युहरु, पुर्व लेखासमिति साथै संघका पदाधिकारी, कार्यसमिति सदस्य, लेखासमिति, सल्लाहकार समिति, समिति, उद्योगी, व्यवसायीहरु एवं कर्मचारीहरुको उपस्थिति रहेकोे थियोे ।
प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद एवं पुर्व मन्त्री माननीय लिला गिरीज्यूलेले संस्थाले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरु अग्रभागमा रहेर कार्य गरेको प्रति धन्यवाद ब्यक्त गर्नु भएको थियो । साथै संस्थाको निर्माणाधीन भवनको काम शिलान्यास पछि निर्माण कार्य रोकिएको हुँदा तत्काल छलफल गरी समस्याको समाधान गरी अगाडी बढ्न र आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्वता समेत ब्यक्त गर्नुभएको थियो ।
स्वागत मन्तव्य प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डेले राख्नु भएको थियो साथै शुभकामना मन्तव्य अतिथि पुर्व सल्लाहकार लोकहरी श्रेष्ठ, डा।रोहितराज क्षेत्री, सल्लाहकार नुमेन्द्र पौडेल, निवर्तमान अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव झबिन्द्र प्रसाद कंडेल९जे।पी।०, लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
अध्यक्ष बाबुलाल भुसालले संघले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडी बढाउदै लैजाने साथै सम्पुर्णमा विजया दशमी, शुभ दीपावली, नेपाल संमत् ११४२ एवं छठ पर्व २०७८ को शुभकामना ब्यक्त गर्नु भएको थियो कार्यक्रमको ब्यवस्थापन सचीव मान बहादुर बर्माले गर्नु भएको संघका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी गराउनु भयो ।
अतिथि निवर्तमान अध्यक्ष एवं लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका महासचिव झबिन्द्र प्रसाद कंडेल९जे।पी।० ले आगामी दिनमा संस्थाको आफ्नै भवनबाट सम्पुर्ण कार्यहरु गर्ने गरी सबै पक्ष संग सहकार्य गरी भवन निर्माण कार्य अगाडी बढाउन आग्रह गर्दै आफू जस्तोसुकै कार्यमा साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संचालन महासचिव बिष्णु बरालले गर्नुभएको थियोे ।