रुपन्देहीको मोतिपुरमा गोली चल्यो

ByLumbini Darpan Online

२४ आश्विन २०७८, आईतवार १४:४५ २४ आश्विन २०७८, आईतवार १४:४५ २४ आश्विन २०७८, आईतवार १४:४५

बुटवल, आश्वि २४

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्नेहरुलाई हटाउने क्रममा गोली चलेको छ । जग्गा कब्जा गर्ने समुह र प्रहरीकाबीच झडपका क्रममा प्रहरीले प्रहार गरेको गोली लागी २ जना घाईते भएका छन् । झडपका क्रममा प्रहरी तर्फ ३ प्रहरी र २ सशस्त्र प्रहरी घाईते भएका।झडप जारी रहेका कारण घाईतेहरुको पहिचान खुल्न सकेको छैन ।

आद्योगिक करिडोर क्षेत्रमा जग्गा कब्जा गर्नेहरुले दिनभरी जग्गा कब्जा गर्ने र राती घरघर गएर बस्ने गरेको पाईएपछि प्रहरीले आज बिहानै औद्योगिक क्षेत्रमा आउने नाका बन्द गरेर बसेको थियो । नियमित औद्येगिक क्षेत्रमा बिहानै जग्गा कब्जा गर्ने समुह प्रवेश गर्न थालेपछि प्रहरीले बाटो छेक्ने क्रममा झडप भएको थियो । स्थिती तनावग्रस्त हुँदै गएपछि प्रहरीले गोली चलाउँदा २ जना घाईते भएका हुन् । घाईतेलाई लिन गएको सुरक्षित नेपालको एम्बुलेन्समाथि पनि स्थानीयले आक्रमण गरि ध्वस्त बनाएका छन् । घटनास्थलमा झडप जारी रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *