दशैको बेलामा सुकुम्बासी माथि सरकारको बज्रपातको अवश्य हिसाब हुनेछ : नेता न्यौपाने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु

बुटवलका मजदुर सुकुम्बासीहरु माथी सरकारले गरेको बर्बर दमन र नृदनीय हत्याको जति निन्दा गरेपनि कम हुने नेकपा एमाले केन्द्रिय सदस्य गिरधारिलाल न्यौपानेले बताएका छन् । पार्टीका लुम्बिनी प्रदेश सह ईन्चार्ज समेत रहेका न्यौपानेले देशभरी दशैको रमझम बढ्दै गइरहेको उल्लासमय समयमा ती गरिब सुकुम्बासी परिवारमाथि पर्न गएको यो बज्रपातको समयले अवश्य हिसाब गर्ने बताए ।

उनले भनेकना छन्, यो फासिष्ट बर्बरताको घोर निन्दा र भर्त्सना गर्दै मृतकहरु प्रती श्रद्धाञ्जली तथा शोकाकुल परिवारजन, आफन्त र वर्गजनमा हार्दिक समवेदना ।

उनले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

जग्गाको विषयलाई लिएर भएको घटनामा सरकार वा राज्यका निकायले संयमता अपनाउन नसक्दा र कुशलतापूर्वक समाधान गर्न नसकेर ४ जनाको मृत्यु भएको उनले बताए ।

लुम्बिनी प्रदेश स्तरीय औद्योगिक क्षेत्र बनाउन भनेर त्यहाँ बसोबास गरिरहेका जनतालाई क्षतिपूर्ति दिने भनिएता पनि अहिलेसम्म क्षतिपूर्ति दिइएको छैन ।

एमाले नेतृत्वको सरकारले भूमिसम्बन्धी समस्या हल गर्न आयोग बनाएको तर परमादेशको सरकारले आयोगनै खारेज गरे समस्या आएको दावि गरे ।

 


प्रकाशित : २०७८ आश्विन २६, मंगलवार १३:५२