ताजा अपडेट

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ब्याजदर घटाउँदै बैंक

लुम्बिनी दर्पण २०७८ कार्तिक ४, बिहीबार १३:४७
[sharethis-inline-buttons]

काठमाडौं, कार्तिक ४

बैंक तथा वित्तीय संस्थाहरूले व्याजदर घटाउन सुरू गरेका छन् । अप्रत्यासित रूपमा मुद्दती तथा बचतको व्याजदर बढाएपछि नेपाल राष्ट्र बैंकको हस्तक्षेपपश्चात १४ बाणिज्य बैंक, वित्तीय संस्था र फाइनान्स कम्पनीले ब्याजदर घटाउन सुरू गरेका हुन् । ब्याजदर करिब १२ प्रतिशतसम्म पुर्‍याएपछि नेपाल राष्ट्र बैंकले मंगलबार साँझ एकीकृत निर्देशन २०७७ संशोधन गर्दै ब्याजदर वृद्धिको सीमा निर्धारण गरेको थियो ।

आक्रमकरूपमा ब्याजदर बढाएर निक्षेप खोसाखोसमा उत्रिएका बैंक तथा वित्तीय संस्थाको उद्देश्यमाथि राष्ट्र बैंकको निर्देशनले धक्का दिएको छ । असोजको ब्याजदरलाई आधार मानेर बढीमा १० प्रतिशत ब्याजदर वृद्धि गरी कात्तिकका लागि बैंक वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । संस्थागत मुद्दतीमा दिने ब्याजदर भन्दा सर्वसाधारणलाई मुद्दतीमा दिने ब्याजदरको अन्तर १ प्रतिशतमात्रै राखेर ब्याजदर परिमार्जन गरेका छन् ।

सानिमा र सिद्धार्थ बैंकले असोज महिनाका लागि सबैभन्दा धेरै ब्याजदर बढाएर ब्याजदर युद्दको सुरूआत गरेका थिए । असोजमा पर्याप्त मात्रामा निक्षेप संकलन भएपछि कात्तिकमा ब्याज घटाए ।

राष्ट्र बैंकको निर्देशनपछि ती बैंकहरूले ब्याजदरमा पुनस् समायोजन गरेका छन् । सानिमा बैंकले ३ महिने मुद्दतीमा सर्वसाधारणलाई ७।०६ प्रतिशत ६ महिनाभन्दा माथिको मुद्दतीमा ९।०६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागत मुद्दतीको ब्याजदर ८।०६ प्रतिशत कायम गरेको छ भने संस्थागत बोलकबोलमार्फत दिने ब्याजदर ७।७७ प्रतिशत निर्धारण गरेको छ । सानिमा बैंकले साधारणतर्फ ४।५ प्रतिशत ब्याजदर दिने भएको छ ।

सिद्धार्थ बैंकले साधारण बचततर्फ ४।४५ देखि ५।४५ सम्म ब्याजदर कायम गरेको छ भने मुद्दतीमा सर्वसाधारणका लागि ९।३६ र संस्थागत निक्षेपकर्ताका लागि ८।३६ प्रतिशत पुर्याएको छ । यसअघि सानिमा र सिदार्थ बैंकले ब्याजदर बढाएर मुद्दतीको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएका थिए ।

सानिमा र सिद्धार्थ बैंकको ब्याजदर वृद्धिको असर सबैभन्दा धेरै हिमालयन बैंक र एनआईसी एसिया बैंकलाई पर्‍यो । ती बैंकको निक्षेप खोसिएपछि हिमालयन बैंकले कात्तिकका लागि सबैभन्दा धेरै संस्थागत निक्षेपको ब्याजदर बढाएर करिब १२ प्रतिशतसम्म पुर्‍यायो भने एनआईसी एसियाले सबै प्रकारको मुद्दतीको ब्याजदर ११।१० प्रतिशत घोषणा गरेको थियो ।

एनआईसीले साधारण बचतको ब्यादजर समेत बढाएर ६।१० प्रतिशत पुर्‍यायो । कोभिड १९ का बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहँदा यस बैंकले साधारण बचतको ब्याजदर घटाएर करिब १।५ प्रतिशतमा पुर्‍याएको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशनपछि यस बैंकले ब्याजदर घटाएको छ । साधारण बचतको ब्याजदर ५ देखि ७ प्रतिशत पुर्‍याएको छ भने सबैप्रकारको मुद्दतीको ब्याजदर घटाएर ९।३६ प्रतिशत कायम गरेको छ । यसैगरी हिमालय बैंकले नयाँ ब्याजदरको विवरण आफ्नो वेवसाइटमा हालसम्म प्रकाशन गरेको छैन । नेपाल राष्ट्र बैंकको निर्देशनका कारण १४ वटा ब्याजदर बढाएका वाणिज्य बैंकहरूले आजैबाट लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गर्दैछन् ।

यसैगरी ग्लोबल आईएमई बैंकले साधारण बचततर्फ ४।५० ब्याजदर निर्धारण गरेको छ । मुद्दतीतर्फ ९।३६ प्रतिशत र संस्थागततर्फ बोलकबोलसहितको ब्याजजर ८।३६ प्रतिशत निर्धारण गरेको छ ।

बाणिज्य बैंकको सिको गर्दै ब्यादजर बढाउने विकास बैंक तथा फाइनान्स कम्पनीले पनि ब्याजदर घटाएका छन् । रिलायन्स फाइनान्स कम्पनी, सम्बृद्धि फाइनान्स कम्पनी, सांग्रिला बिकास बैंकले केन्द्रीय बैंकको निर्देशनअनुसार ब्याजदर घटाएका छन् ।


प्रकाशित : २०७८ कार्तिक ४, बिहीबार १३:४७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

बुद्धभूमिबाटै कर सेवा, अब कृष्णनगर–तौलिहवा धाउन नपर्ने

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

भर्खरै

  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech