
कात्तिक ७
नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । आइतबार सुन तोलामा ४०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन शुक्रबार ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायीका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० पुगेको छ ।
यस्तै, सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ। प्रति तोलामा १० रुपैयाँले बढी एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।