
काठमाडौँ, कार्तिक २५
आज शेयर बजार ओरालो लागेको छ । नेप्से सूचक ५९।५७ अंकले घटेर २६९०।२९ विन्दुमा पुगेको छ । आज ५ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
बीमा, फाइनान्स, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।आजको दिन २२५ कम्पनीको ९४ लाख ७५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४७ करोड ४९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र आइसीएफसी फाइनान्स परेका छन् । २ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ ।