सोमबार शेयर बजारमा नेप्से दोहोरो अंकको बढ्यो

[sharethis-inline-buttons]

काठमाडौं,कात्तिक २९आज शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ ।नेप्से परिसूचक आज २६।४४ अंकले बढेर २७१५।३५ विन्दुमा पुगेको छ । नेयता सेन्सेटिभ परिसूचक पनि ४।१० अंकले बढेर ५०६।५४ विन्दुमा पुगेको छ ।

कारोबारमा आएका कूल २२८ वटा कम्पनीको ८६ लाख ३६ हजार ६ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४ सय ४४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार पनि महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ३५ करोड ४६ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज बोटलर्स नेपाल तराई र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल तराईको सेयरमूल्य १० प्रतिशतले बढेर १३ हजार ७ रूपैयाँ ५० पैसा पुगेको छ । मानुषी लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार एक सय २३ रूपैयाँ ६० पैसा पुगेको छ । यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयरमूल्य पनि ९।९९ प्रतिशतले बढेको छ ।

आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै ४।८८ प्रतिशतले घटेको छ ।


प्रकाशित : २०७८ कार्तिक २९, सोमबार १६:३३