
लुदस,
कपिलवस्तुको क्षेत्र नं. १ अन्र्तरगत प्रदेश सभा (क) को सभापतिमा बाणगंगाका मेयर मंगल थारु पराजित भएका छन् । मेयर थारुलाई उनका प्रतिस्पर्धी दुर्गा केसीले ४० मतअन्तरले पराजित गरेका हुन् । शनिबार साँझ सकिएको मतगणनामा केसीले मंगलप्रसाद थारुलाई पराजित गर्दै चुनाव के.सी विजयी भएका हुन् । थारु निवर्तमान वाणगंगा नगर सभापति समेत हुन् ।
वाणगंगा नगरपालिकाको ओदारी माविमा शनिबार भएको निर्वाचनमप्रदेश सभा (क)मा वाणगंगाका ११ वडासहित कपिलवस्तु नगरका ३ र मायादेवी गाउँपालिकाको १ वडा गरी ३४३ जना क्षेत्रिय प्रतिनिधिले मतदान गरेका थिए भने ३३६मत सदर भएको थियो ।