
नेपालगञ्जबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडिबजारका लागि छुटेको ना ६ ख २७५७ नम्बरको बस गएराति जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । बसमा ३२ जना यात्रु सवार थिए । मृतकको परिचय खुल्न नसकेको र घाइते २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिनुभयो ।