
हरि आचार्य, कपिलवस्तु
चितवनमा जारी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सर्वसम्मत घोषणा गरिएको केन्द्रीय नेतृत्वमा कपिलवस्तुबाट केन्द्रीय सदस्यमा गिरधारिलाल न्यौपाने, बिमला घिमिरे, शिराज अहमद फारुकी, बलराम अधिकारी र सुशील श्रीवस्तव पर्न सफल भएका छन् भने केन्द्रिय लेखा आयोगको उपाध्यक्षमा बिष्णु पन्थी पर्न सफल भएका छन् ।
पार्टीका लुम्बिनी प्रदेश सह ईन्चार्ज समेत रहेका न्यौपाने केन्द्रिय सदस्यमा सर्वसम्मत रुपमा चयन भएका हुन् । कम्युनिष्ट आन्दोलनमा दशकौदेखि योगदान गर्दै आएका न्यौपाने अनुशासित र सहनशिल नेताका रुपमा परिचित छन् । उनले पार्टीसंग सल्लाह गरेरै केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएको र सर्वसम्मत रुपमा चयन गराउन सहयोग गर्ने पार्टीको नेतृत्व, महाधिवशेन प्रतिनिधि र आम कार्यकर्ताहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
घिमिरे पार्टीका जिल्ला ईन्चार्ज र राष्ट्रिय सभा सदस्य समेत हुन् । फारुकी पार्टीका पुर्व केन्द्रिय सदस्य पनि हुन् । अधिकारीले कपिलवस्तुमा १५ बर्षसम्म एमालेको जिल्ला कमिटी अध्यक्षको रुपमा नेतृत्व गरि नेकपा बनेसंगै लुम्विनी प्रदेश सचिवालयमा रहेर कार्यालयको नेतृत्व गर्दै आएका छन् । श्रीवास्तव पार्टीका लुम्बिनी प्रदेश कमिटि सदस्य हुन् ।
उता पन्थी भने लुम्बिनी प्रदेशका संसाद हुन् ।
यो संगै कपिलवस्तुबाट नेतृत्व तहमा पुगेका सम्पुर्ण नेताहरुलाई बधाई दिने पार्टीका कार्यकर्ताहरुको ओईरो लागेको छ ।