
लुदअ कपिलवस्तु, १४ मंसिर
नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापति पदमा अब्दुल कलाम विजयी हुनुभएको छ । विहान सम्पन्न मतगणनामा कलामले सभापतिका अर्का प्रत्यासी राजेश आचार्यलाई १०९ मत अन्तरले पराजित गर्नुभएको हो । जिल्ला सभापतिको लागि रामचन्द्र पौडेल पक्षका कलाम र पार्टी सभापति शेर बहादुर देउवा पक्षका राजेश आचार्यबीच चुनाव भएको थियो ।
कुल खसेको १७ सय ६५ मतमा विजयी कलामले ९ सय २८ र पराजित हुनुभएका राजेश आचार्यले ८ सय १९ मत ल्याउनु भएको हो । यस्तै दुई उपसभापतिपदमा रजतराज आचार्य हुमकान्त खनाल तथा दुई सचिवमा युवा नेता शक्ति सिँह ठकुरी र प्रेम बहादुर सिंह रायमाझी विजयी विजयी हुनुभएको छ । जिल्ला समितिको पदाधिकारीसहितका पदमा रामचन्द्र प्यानल हावी भएको छ । विस्तृत जानकारी निम्नानुसार रहेको छ ।