युवराज न्यौपानेद्वारा उम्मेदवारी फिर्ता, शेखर कोइरालालाई समर्थन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ मंसिर २६, काठमाण्डौ
नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिनुभएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

उहाँले आफूले उम्मेदवारी फिर्ता लिएर शेखर कोइरालालाई समर्थन गरेको बताउनुभयो । ‘मैले उठाएको सशक्त कांग्रेस, समृद्ध देश नारा अनि नेतृत्व परिवर्तनको विषयमा पनि शेखर दाइसँग मिल्न गयो, मेरो नारा उहाँले पनि बोक्नुभयो, त्यसैले मैले उम्मेदवारी फिर्ता गरेर उहाँलाई समर्थन गर्ने निर्णय गरेँ’, न्यौपानेले उज्यालो अनलाइनसँग भन्नुभयो ।

न्यौपानेले उम्मेदवारी फिर्ता गरेसँगै अब सभापतिमा पाँच जना आकाङ्क्षी देखिएका छन् । शेरबहादुर देउवा, डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा हुनुहुन्छ ।

 


प्रकाशित : २०७८ मंसिर २६, आईतवार १४:१२