हाम्रो समूहले पहिलो चरणमै चुनाव जित्छ : शेखर कोइराला

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ मंसिर २६, काठमाण्डौ
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमै चुनाव जित्ने बताउनु भएको छ ।

महाधिवेशनमा संस्थापन इत्तर समूहको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिएका कोइरालाले आफ्नो समूहमा सक्षम र योग्य उम्मेदवार रहेकाले पहिलो चरणमै ५१ प्रतिशतभन्दा बढी मत ल्याएर चुनाव जित्ने बताउनु भएको हो ।

उहाँले वीपीले परिकल्पना गरे जस्तो र शुवर्ण शम्शेर, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई , सुशील कोइरालाले सपना देखे अनुसारको पार्टी निर्माण गर्न आफ्नो टिम सक्षम रहेको दाबी गर्नुभयो।

कांग्रेसमा रुपान्तरण ल्याउन आफ्नो टिम सक्षम रहेको बताउँदै उहाँले आफूहरुको जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।

 


प्रकाशित : २०७८ मंसिर २६, आईतवार १४:१२