ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वाग्मती प्रदेशः गठबन्धन मिलाउन ७ मन्त्रालय फुटाएर १४ वटा, खर्च बढ्यो आम्दानी उही

लुम्बिनी दर्पण २०७८ पुष १, बिहीबार २२:०७
[sharethis-inline-buttons]

लुदअ पुस १, मकवानपुर
वाग्मती प्रदेशमा सात वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाउँदा सरकारको खर्च बढेको छ । प्रदेश सरकारको आम्दानी भने उही छ । सात वटा मन्त्रालयलाई १४ वटा पारेपछि हेटौँडामा पहिले जिल्लास्तरका सरकारी कार्यालयका लागि निर्माण गरिएका पुराना र जीर्ण भवनमा तीन वटासम्म मन्त्रालय राख्नुपर्ने बाध्यता छ । कुनै मन्त्रालय भाडाको घरमा राखिएको छ ।

प्रदेश र जिल्लास्तरका धेरै कार्यालय भाडाका घरमा छन् । सरकार टिकाउनका लागि मुख्यमन्त्री पाण्डेले एउटै मन्त्रालय फुटाएर तीन वटासम्म पार्दा मन्त्रीका लागि गाडी, सचिवालयका पाँच जना कर्मचारीका लागि तलब भत्ता, सुविधाले प्रदेश सरकारको खर्च निकै बढेको छ । तर आम्दानी भने उत्तिकै रहेको छ । मन्त्रालय फुटाएर मन्त्री नियुक्त गरे पनि बस्ने ठाउँ नहुँदा झनै समस्या परेको छ । कर्मचारी अभावका कारण मन्त्रीका लागि निजी सचिवसमेत दिन नसकिएको मन्त्रालयका एक सचिवले जानकारी दिए । मन्त्रालय फुटाउने र मन्त्री थप्ने प्रवृत्तिको कर्मचारीले पनि विरोध गरेका छन् । तर बोल्न भने सकिरहेका छैनन् ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दलभित्र भागबन्डा मिलाउनका लागि १४ मन्त्रालय पुर्‍याउँदा मन्त्रालय राख्ने भवनको अभावसँगै खर्च पनि निकै बढेर गएको छ । गठबन्धनमा रहेका दलमा भागबन्डा मिलाउन मुख्यमन्त्री पाण्डेले ६ वटा मन्त्रालय थप गरिसके पनि मन्त्रिपरिषद्लाई भने पूर्णता दिइसक्नुभएको छैन । अझै कांग्रेसबाट मन्त्री नियुक्त गर्न बाँकी छ ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको कामलाई व्यवस्थित बनाउन मन्त्रालय विभाजन गरेको बताए पनि सत्तारुढ गठबन्धनका दलबीच भागबन्डा मिलाउन मन्त्रीको सङ्ख्या थप्नुभएको हो । सत्तामा आफू टिकिराख्नका लागि मन्त्रालय फुटाएको प्रतिपक्ष दल नेकपा एमालेका सांसद बताउँछन् । मन्त्रालय विभाजन भएसँगै प्रदेश सरकारको खर्च पनि बढ्ने निश्चित छ । प्रदेशका मन्त्रीहरूको सेवा सुविधा, मन्त्रालयका लागि कर्मचारी तथा भवनलगायत विभिन्न शीर्षकमा प्रदेशको आर्थिक भार बढ्ने निश्चित छ । प्रदेशका मन्त्रालय सरकार गठन भएको चार वर्षसम्म पनि विभिन्न सरकारी कार्यालयका भवनमा बस्दै आएका छन् ।

अहिले कायम रहेका मन्त्रालयले नै बस्ने ठाउँ, कर्मचारी र गाडी अभाव भएको बताइरहेका छन् । यस्तोमा ६ वटा मन्त्रालय थपिँदा प्रदेश सरकारमा अन्य धेरै आर्थिक भार थपिने स्पष्ट छ । वाग्मतीमा स्वास्थ्य मन्त्रालय विस्तार भएको तीन महिनाभन्दा बढी भयो । तर अझैसम्म पनि सानो ठाउँ, थोरै कर्मचारी र स्रोत साधन अभाव रहेकाले मन्त्रालयले प्रभावकारी काम गर्न सकेको छैन । सामाजिक विकास मन्त्रालयबाट विभाजन भएर तीन महिना पहिले बनेको स्वास्थ्य मन्त्रालय सामाजिक मन्त्रालयकै भवनमा बस्दै आएको छ ।

साढे तीन वर्षसम्म एउटा मात्र मन्त्रालय बस्दै आएको भवनमा दुई वटा मन्त्रालय बस्दा ठाउँ अपुग भएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी बताउनुहुन्छ । ‘एउटा मन्त्रालयलाई ठिक्क भइरहेको भवनमा दुई वटा मन्त्रालय बस्दा ठाउँ अपुग नै छ । ठाउँ नपुग्दा मन्त्रालयको विभिन्न शाखा र कर्मचारीलाई एउटै कोठामा राखिएको छ । सबै मन्त्रालयमा आवश्यक कर्मचारी नहुँदा मन्त्रालयले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । मन्त्रालयसँग सवारीसाधन पनि आवश्यकताअनुसार नहुँदा असहज भइरहेको छ’, उहाँले भन्नुभयो ।

प्रदेश सरकार स्थापनाको सुरुवातमा तत्कालीन जिल्ला विकास समिति मकवानपुरको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरेर सरकारले काम थालेको थियो । पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात मन्त्रालय स्थापना गर्नुभएको थियो । उहाँको सरकारले तत्कालीन जिल्ला वन कार्यालय रहेको क्षेत्रमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, वन कम्प्लेक्स भवनमा आर्थिक मामिला तथा योजना मन्त्रालय, शिक्षा विकास कार्यालय हटाएर त्यो भवनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय राखेको थियो । त्यस्तै, किटजन्य रोग नियन्त्रण तथा अनुसन्धान केन्द्रका केही भवनमा सामाजिक विकास मन्त्रालय, श्रम तथा रोजगार कार्यालयको नवनिर्मित भवनमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा भौतिक पूर्वाधार मन्त्रालय स्थापना गरेर काम सुरु गरेको थियो ।

 


प्रकाशित : २०७८ पुष १, बिहीबार २२:०७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शन गर्ने क्रममा अनेरास्ववियुका अध्यक्षसहित ६ विद्यार्थी नेता पक्राउ

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech