Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

कपिलवस्तुको बाणगंगामा प्रहरीको अप्रेशन, लागु औषध सहित २ जना रंगेहात पक्राउ

लुदअ कपिलवस्तु, पुस १८
कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिकामा लागु औषध सहि २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङको कमाण्डमा खटिएको टोलिले बाणगंगा नगरपालिका वडा नं. ८ बाट २ जनालाई रंगेहात पक्राउ गर्न सफल भएको हो । गोप्य जानकारीको आधारमा शुक्रवार साँझ गरिएको अप्रेशनमा बालापुरबाट ती युुवकलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक दिनेश गुरुङ्ले लुम्बिनी दर्पणलाई जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.८ बाणगंगा पुल्चोकका ३० बर्षिय बिकास परियार र रुपन्देहीको सैनामैना नगरपालिका ४ मुर्गियाका ३१ बर्षिय सुरज थापा रहेका छन् । उनीहरु योगराज ज्ञवालीको कोठामा बसी लागु औषध कारोवार गर्ने गरेको खुलेको छ । उनीहरुबाट ४ ग्राम ब्राउन सुगर, २ थान तौल गर्ने डिजिटल मेसिन र ३४ हजार १ सय ५० रुपियाँ नगद समेत बरामद गरिएको छ ।

लागु औषध रहित समाज निर्माण गर्ने उद्देश्यले काम गरेको ईलाका प्रहरी कार्याल पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङ्ले बताए । उनले पछिल्लो ३ महिनामा लागुऔषध प्रयोग तथा कारोवारमा संलग्न ३ सय २५ जनालाई नियन्त्रणमा लिई सम्झाई बुझाई गरि अभिभावकको जिम्मा लगाएको लुम्बिनी दर्पणलाई बताए ।

 

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *