ताजा अपडेट

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भारतका विभिन्न राज्यमा बर्ड फ्लु

लुम्बिनी दर्पण २०७७ पुष २१, मंगलवार ०८:१६
[sharethis-inline-buttons]

नयाँदिल्ली — कोरोना भाइरसको महामारीबाट जुधिरहेको भारतमा विभिन्न पाँच राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हालसम्म हिमाचल, हरियाणा, राजस्थान, केरल र मध्यप्रदेशमा एचफाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस अर्थात् बर्ड फ्लु संक्रमण पुष्टि भएको छ

बर्ड फ्लु एचफाइभ एन वान जातिको जीवाणुको कारण पंक्षीहरुमा लाग्ने रुघाखोकी जस्तो एक प्रकारको रोग हो । यो रोगबाट जंगली र घरपालुवा दुवैथरीका पंक्षीहरु संक्रमित हुने भए पनि विशेषगरी घरपालुवा पंक्षीहरुका लागि बढी घातक मानिन्छ । र, मानव स्वास्थ्यका लागि पनि यो भाइरस जोखिमयुक्त मानिन्छ ।

सोमबार मात्र हिमाचलको काँगडा जिल्लाअन्तर्गतको पोङ ड्याम ताल आरक्ष क्षेत्रमा मरेका अठार सयभन्दा बढी आप्रवासी हाँसमा बर्ड फ्लुको संक्रमण पुष्टि भएको बताइएको छ । संक्रमण पुष्टि भएपछि आरक्ष प्रशासनले पर्यटकहरुसँगै स्थानीयहरुको प्रवेशमा रोक लगाएको छ । भारतीय अंग्रेजी दैनिक द इण्डियन एक्सप्रेसले आरक्षका प्रमुख संरक्षक अर्चना शर्मालाई उद्धृत गर्दै त्यहाँ मरेका चराहरुमध्ये नब्बे प्रतिशत आप्रवासी हाँस भएको जनाएको छ । बर्सेनि लाखको हाराहारीमा हाँसको यो प्रजाति हिमालय क्षेत्र पार गर्दै मध्य एसिया, रुस, मंगोलियालगायतका क्षेत्रबाट त्यहाँ आउने गरेको समेत उक्त पत्रिकाले लेखेको छ ।

त्यसैगरी काँगडा जिल्लाका फतेहपुर, देहरा, जवाली, इन्दोरालगायतका क्षेत्रमा कुखुरा, हाँस र तिनको मासु र अण्डालगायतका उत्पादन खरिद बिक्री र निकासी गर्न प्रतिबन्ध लगाइएको छ । यसअघि मध्यप्रदेशको इन्दोरमा मरेका ५० भन्दा बढी कागहरुको परीक्षण गर्दा पनि सोही भाइरस पुष्टि भएको थियो । त्यसैगरी राजस्थान, केरल, हरियाणा विभिन्न स्थानमा पनि मृत भेटिएका चराहरुमा पनि वर्ड फ्लु पुष्टि भएको थियो । गत साता दिल्ली छेउको हरियाणाको बरवालामै एक लाखभन्दा बढी कुखुरा, हाँसलगायतका पंक्षी बर्ड फ्लुकै कारण मरेको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् ।

भाइरस पुष्टि भएपछि स्थानीय प्रशासनहरुले विभिन्न आदेश जारी गरेका छन् । त्यसैगरी केरलमा मरेका हाँसहरुमा पनि सोही भाइरसको संक्रमण देखिएको छ । त्यसपछि स्थानीय प्रशासनले कोट्टायम र अलाप्पुझा जिल्लाका प्रभावित क्षेत्रमा एक किलोमिटर भित्रका हाँस, कुखुरा र अन्य घरमा पालिउका पंक्षीहरुलाई मार्न आदेश दिइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सन् २००६ मा भारतले बर्ड फ्लुका कारण ठूलो क्षति बेहोरेको थियो । खुला सीमाका कारण भारतमा बडए फ्लु पुष्टि हुनुलाई नेपालका लागि पनि खतराको घन्टीका रुपमा लिने गरिन्छ । अप्रवासी चराहरुका कारण पनि संक्रमण फैलने जोखिम बढी हुने गरेको छ । आप्रवासी चराहरुका लागि नेपाल पनि गन्तव्यका रुपमा चिनिन्छ ।

नेपालमा सन् २००९ मा बर्ड फ्लुका कारण चितवन, धादिङलगायतका जिल्लाका पोल्ट्री व्यवसायमा ठूलो क्षति पुगेको थियो । नेपालमा कुखुरापालन व्यवसायमा मात्र करिब असी अर्बभन्दा बढीको लगानी रहेको बताइन्छ । यो क्षेत्रको मुलुकको कुल गार्हस्थ उत्पादनमा चार प्रतिशतको योगदान छ भने डेढ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको अनुमान छ ।


प्रकाशित : २०७७ पुष २१, मंगलवार ०८:१६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण
  • राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन
  • कपिलवस्तुमा जेन–जी युवाहरूको रास्वपाप्रति आकर्षण, मोहनलाल आचार्यलाई खुला समर्थन
  • संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न
  • कपिलवस्तुको क्षेत्र नं ३ मा राष्ट्रिय जनमोर्चाको चुनावी भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

स्पेनले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने

स्पेन पुग्ने प्रयासमा यस वर्ष ३ हजारभन्दा धेरै आप्रवासीको ज्यान गयाे : प्रतिवेदन

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

हाइटीमा गोली चल्दा दुई पत्रकारसहित तीन जनाको मृत्यु

दिल्लीको वायु प्रदूषण कोभिड–१९ महामारीभन्दा पनि खतरनाक – विज्ञ

गाजा युद्धमा ज्यान गुमाउनेमध्ये ४४ प्रतिशत बालबालिका

भैरहवाबाट फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि दैनिक उडान गर्दै

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

जापानको दक्षिणी क्षेत्रमा २ वटा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

विश्वका ९० प्रतिशत परमाणु हतियार अमेरिका र रुससँग

श्रीलङ्कामा मानव र हात्तीबीच द्धन्द्ध बढ्दो, हात्तीको मृत्युदर ७० प्रतिशतसम्म पुग्न सक्ने

भर्खरै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल

  • टी–२० विश्वकपमा पाकिस्तान र न्युजिल्याण्डको लगातार दोश्रो जीत

  • हिलबर्ट स्कुलले फागनु ५ गते १६ औं स्थापना दिवस मनाउँदै

  • कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

  • कपिलवस्तुमा यहि माघ २९ गते एमाले युवा नेता बस्नेत र गुरुङ्ग आउने

  • बाणगंगा १ का मतदातासंग भेटघाट, अधुरा काम पुरा गर्छौ : उम्मेद्वार चौधरी

  • जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

  • ८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech