Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

हुलाकी सडकले प्रदेशवासीको जीवनस्तर परिवर्तन हुन्छ : मुख्यमन्त्री पोख्रेल

लुदअ कपिलवस्तु, पुस २३
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले देशमा सङ्कट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर संसद् विघटन गरेको बताएका छन् ।

कपिलवस्तुमा निर्माण भएको क्षेत्रीय यातायात सडक (आरटिओ) रोडको बिहीबार विजयनगर गाउँपालिका–५ खडैचामा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सडकमा आन्दोलन गरिरहेका प्रचण्ड माधव समूहका नेतालाई निर्वाचनमा लाग्न सुझाव दिए । मुख्यमन्त्री पोखरेलले हुलाकी मार्गले मधेशको विकासमा महत्वपूर्ण हुनेसमेत बताए । प्रदेश सरकारको महत्वपूर्ण कार्यको रुपमा हुलाकी सडक रहेकाले यो सडक निर्माण पश्चात नागरिकको जीवनस्तर परिवर्तन हुने साथै प्रदेशको स्थायी राजधानीसँग जोडिएको कृष्णनगर भन्सारको स्तरोन्नति गरिने उनले बताए ।

मुख्यमन्त्री पोखरेलले कपिलवस्तुमा सिंचाइको लागि नौमुरे सिंचाइ योजनाको काम अघि बढेकाले यसले जिल्लाको सिंचाइको समस्यालाई समाधान गर्ने बताए । सुकुम्वासी बस्तीको बाहुल्यता रहेको विजयनगरवासीलाई अहिलेकै सरकारले लालपुर्जा दिने उनले बताए ।

भौतिक पूर्वधार विकासमन्त्री बैजनाथ चौधरीले पहिलो वर्ष प्रदेश सरकारले सबैभन्दा ठूलो बजेट ‘आरटिओ’ सडकलाई विनियोजन गरेर काम सम्पन्न गरेको बताए । जिल्लाको पश्चिमी क्षेत्रमा तीन वटा जलाशाय निर्माण गरी सिंचाइको लागि वातावरण सिर्जना गर्ने प्रदेश सरकारको योजना सुरु भएको समेत उनको भनाइ थियो । खोलानालामा लिफ्ट सिंचाइको काम तीव्र रुपमा अघि बढेको बताउँदै पहिलो वर्ष ५४ वटा पुल निर्माण, दोस्रो वर्ष ३३ वटा र अहिले २ सय ७३ वटा पुलको डिपीआर काम सुरु भएको मन्त्री चौधरीले बताए ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले आरटिओ सडक निर्माणले स्थानीयलाई सहज भएको बताए । लुम्बिनी प्रदेश सरकारको लागतमा कृष्णनगर आरटिओ सडक फराकिलो बनाइ कालोपत्र भएपछि स्थानीयलाई यातायातको सहज भएको छ । ११ किलोमिटर सडक निमार्णमा प्रदेश सरकारले रु १५ करोड ७७ लाख रकम खर्च भएको छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *