इन्डोनेशियामा ६२ जना यात्रु चढेको विमान दुर्घटना स्थल भेटियो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ पुस २६, काठमाण्डौ
इन्डोनेशियामा विमान दुर्घटना भएको ठाउँ पत्ता लागेको छ ।

बिहानदेखि सुुरु भएको खोजीकार्यका क्रममा विमानको दुर्घटनास्थल फेला पार्न सफल भएको इन्डोनेशियाका अधिकारिहरुले बताएका छन् । बीबीसीकाअनुसार विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानी जहाज पठाइएको छ ।

चालक दलका १२ जनासहित ६२ जना सवार श्रीविजाया एयरको बोइङ ७३७ विमान हिजो दुर्घटनामा परेको हो । राजधानी जकार्ताबाट उडेको चार मिनेटमै राडारबाट हराएको विमान समुद्रमा खसेको खबरमा उल्लेख छ।

जहाज जकार्ताबाट पोन्तिएनाकका लागि उडेको थियो । राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान बिहानदेखि फेरि सुरु भएको हो।


प्रकाशित : २०७७ पुष २६, आईतवार ०२:३८