बाणगंगा : बिद्यालयलाई लागि १ करोड २५ लाख बजेट विनियोजन, ज्येष्ठ स्वयम् सेविकालाई १ लाख १ हजार दिने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु, पौष २७
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले ६० बर्ष भन्दा माथिका महिला स्वास्थ्य स्वयम् सेविकालाई बिदाई गर्ने भएको छ । बाणगंगा नगरपालिका भित्रका २१ जनालाई महिला स्वास्थ्य स्वयम् सेबिकालाई १ लाख १ हजार दिएर बिदाई गर्ने आज बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको छ । लामो समय नगरपालिकाको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदाको कद गर्दै सो रकम दिएर बिदाई गर्ने निर्णय भएको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु प्रसाद पौडेलले जानकारी दिए ।

यसैबिच कार्यपालिकाको बैठकले शिक्षक दरबन्दी मिलान कार्यबिधि, जनता मावि पिपराको नमुना बिद्यालयको गुरु योजना, मायादेवि रगंशालाको डिपिआर र वडा नम्बर ६,७ ,९ १० मा बाल मैत्री लगानी योजना स्वकीकृत गरेको नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बताए ।

त्यस्तै बाणगंगामा रहेका बिद्यालयको भौतिक पुर्वाधार निमार्ण, बिज्ञान प्रयोश शाला, शौचालय र पुस्ताकालय निमार्णका लागी १ करोड २५ लाख रुपैया बाडभाड गरेको छ । जसमध्य चार कोठे भवन निमार्णका लागी २ वटा बिद्यालयलाई ३६ लाखका दरले सिदार्थ माबि बुङची र जन सेवा मावि उदयपुर मोर्मिलाई छुट्टाइएको हो । शौचालय निमार्णका लागी ७ लाखका दरले सिदार्थ निमावि गजेहडा, बरकटीया प्रावि बालापुर, राम निमावि पडेरीयालाई बजेट परेको छ ।

त्यस्तै बिज्ञान प्रयोश शाला स्थापनाका लागी बाणगंगा मावि लौगाई, लक्ष्मणघाट मावि लक्ष्मणघाट र माध्यमिक बिद्यालय झण्डालाई ६ लाख ५० हजार बजेट परेको छ भने पुस्ताकालय ब्यवस्थापन अनुदान बापत ६ लाख ५० रुपैया मनकामना सस्कृत बिद्यापिठ नन्दनगर, आईसिटि प्रयोश शाला अनुदान बापत ६ लाख ५० हजार कामता मावि करेलियालाई बजेट परेको नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बताए ।


प्रकाशित : २०७७ पुष २७, सोमबार १४:०२