इन्डोनेशियामा भूकम्प : ७ जनाको ज्यान गयो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ माघ २, काठमाण्डौ
इन्डोनेशियामा गएको भूकम्पमा सात जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पपछि विज्ञले शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिएका बीबीसीले जनाएको छ । भूकम्पका कारण घर तथा अस्पताल भत्किँदा कयौं नागरिक फसेका छन् ।

भूकम्पपछि सयौँ नागरिक विस्थापित भएका छन् । इन्डोनेशियामा सन् २०१८ मा भूकम्प र सुनामीका कारण दुई हजार जनाको ज्यान गएको थियो ।


प्रकाशित : २०७७ माघ २, शुक्रबार ०८:५७