ताजा अपडेट

किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?

तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा मन्त्री पौडेलको जोड

रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?

मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो

भारतबाट आएको ट्रक मुग्लिन सडकबाट ८० मिटर तल खस्यो

अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा

ऊर्जामन्त्री खड्काको जनार्दनलाई प्रश्न: १२ वर्षमा के प्रगति भयो?

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

भारतले आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै

लुम्बिनी दर्पण २०७७ माघ ३, शनिबार ०४:४३
[sharethis-inline-buttons]

लुदअ माघ ३, काठमाण्डौ
भारतले कोरोनाविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउन सुरु गर्दैछ ।

स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने छ।

अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुराकानी गर्ने कार्यक्रम छ । भर्चुअल रुपमा हुने कुराकानीमा देशभरका तीन हजार छ वटा खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुन सक्नेछन् ।

अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम रहेको छ । भारतले पहिलो प्राथमिकतामा ३० करोड मानिसलाई जुलाईसम्ममा खोप दिने बताएको छ ।

खोपका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ । भारतको राष्ट्रिय खोप इन्स्टिच्युटका प्रमुख सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोरोनाविरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेकाले सावधानीपूर्वक तयारी गरेको बताउनुभयो ।

भारतले प्रयोगमा ल्याउन लागेका खोपमा अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन् । अभियानको लागि भारत सरकारले एक करोड १० लाख डोज ‘कोभिसिल्ड’ र ५५ लाख डोज ‘कोभ्याक्सिन’ खरिद गरेको छ ।

भारत बायोटेकको ‘कोभ्याक्सिनले दोस्रो चरणको परीक्षण पूरा गरेको छ । अहिले भारतभरका २५ वटा केन्द्रमा तेस्रो चरणको परीक्षण चलिरहेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका हरेक व्यक्तिले २८ दिनको अन्तरालमा दुई डोज खोप लिनुपर्ने जनाएको छ ।

खोपको प्रभाव १४ दिनभित्र देखिने स्वास्थ्यकर्मीले बताएका छन् । ‘कोभिसिल्ड’ प्रतिडोज दुई सय र ‘कोभ्याक्सिन’ प्रतिडोज दुई सय ६ भारतीय रुपैयाँ मूल्य परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका ३७ वटा खोप भण्डारण केन्द्र तयार पारेको छ ।

भारतमा अहिलेसम्म एक करोड पाँच लाख ४२ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा एक लाख ५२ हजार ९४ जनाको ज्यान गइसकेको छ ।


प्रकाशित : २०७७ माघ ३, शनिबार ०४:४३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा
  • भानु जयन्तीको अवसरमा बाणगंगा प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न
  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
प्रतिक्रिया

यो पनि पढौँ

किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?

तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा मन्त्री पौडेलको जोड

रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?

मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो

भारतबाट आएको ट्रक मुग्लिन सडकबाट ८० मिटर तल खस्यो

अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा

ऊर्जामन्त्री खड्काको जनार्दनलाई प्रश्न: १२ वर्षमा के प्रगति भयो?

देउवाका अनुसार, लोडसेडिङ हटाउन र निजी लगानीका लागि कांग्रेसको भूमिका अहम्

गुप्ताको राजीनामालगत्तै भावुक स्टाटस: ‘नखाएको विष पनि लाग्ने रहेछ’

अमेरिकामा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु

भर्खरै

  • किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?

  • तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

  • डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा मन्त्री पौडेलको जोड

  • रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

  • रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?

  • मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो

  • भारतबाट आएको ट्रक मुग्लिन सडकबाट ८० मिटर तल खस्यो

  • अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा

  • ऊर्जामन्त्री खड्काको जनार्दनलाई प्रश्न: १२ वर्षमा के प्रगति भयो?

  • देउवाका अनुसार, लोडसेडिङ हटाउन र निजी लगानीका लागि कांग्रेसको भूमिका अहम्


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech