Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

प्रचण्ड र नेपाल समूहले नेतृत्व गरेको पार्टीनै आधिकारिक हो : पूर्वमन्त्री पुन

लुदअ कपिलवस्तु, पुस ६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य वर्षमान पुनले आधिकारिक नेकपा प्रचण्ड र नेपालसमूहले नेतृत्व गरेको पार्टी नै रहेको दाबी गरेका छन् । नेकपामा प्रचण्ड र नेपालसमूहले नेतृत्व गरेको पार्टीसंगै नै बहुमत रहेको भन्दै आफुहरु नै आधिकारिक रहेको बताएका हुन् । नेकपा प्रचण्ड–नेपाल पक्षका कार्यकर्ता भेलालाई कपिलवस्तुमा सम्बोधन गर्दै पुनले कपिलवस्तुका आम कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेका छन् । पूर्व मन्त्री समेत रहेका पुनले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो हिँड्न खोजेको बताए ।

कपिलवस्तुमा सम्बोधन गर्दै उनले २०६२र०६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव नभएको अभिव्यक्ति दिएको समेत स्मरण गरे । उनले भने, ‘हामीले उहाँको विचारमा परिवर्तन आयो होला भन्ने विश्वास ग¥यौं, तर उहाँ बयलगाडाकै मनोविज्ञानमा हुनुहुँदो रहेछ ।’

अहिले आफुहरु दोस्रो चरणको आन्दोलनमा रहेको र आगामी दिनमा ओलीविरुद्ध सशक्त रुपमा प्रस्तुत हुने उनको भनाई छ ।

“अमेरिका जस्तो शक्तिशाली राष्ट्रमा त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालमा दुई पटकसम्म महाअभियोगको सामाना गरे तर हाम्रा प्रधानमन्त्री ओलीमा तेस्तो क्षमता त्यो साहस छैन्” उनले भने ।

पुनले बहुमत प्राप्त दलको नेताले चाहँदैमा संसद् विघटन हुने व्यवस्था संविधानको कुनै उपधारामा नरहेको हेक्का राख्न ओलीलाई सुझाव दिए । ओलीलाई पार्टी अध्यक्षबाट निकालि सकिएको र अब पार्टीको साधरण सदस्यबाट पनि किन ननिकाल्ने भनि पार्टीले स्पष्टिकरण सोधिसकेको उनले बताए ।

त्यस्तै सम्बोधन गर्दै पूर्व सभामुख ओनसरी घर्तीले राम बहादुर थापा बादल, मणि थापा, टोप बहादुर रायमाझी र गिरीधारीलाल न्यौपानेलाई केपी शर्मा ओलीको नयाँ दास रहेको बताईन् । उनले ओली फाँसीबादी चरित्रको भएको र फाँसीबादीहरुसंग कि त दास हुन्छन् कि त शत्रु हुने उनको भनाई छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *