लुदअ ७ माघ काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले ओली प्रतिगमन प्रमुख खतरा भएको बताउनु भएको छ । यसमा कुनै किन्तुपरन्तु गर्न आवश्यक नरहेको उहाँको भनाई छ ।
बुधबार ट्विट गर्दै भट्टराइले ठीक र बेठीक बीचको संघर्षमा बढी जानेका भन्ठान्ने भद्रभलाद्मीहरू र गहीरो ज्ञान नभएका सर्वसाधारणहरू प्रायः तटस्थ बस्ने बताउनुभयो । तटस्थताले वेठीक, असत्य र अन्यायलाई मद्दत गर्ने उहाँको तर्क छ ।
पछिल्लो समय सडक संघर्षमा होमिएपनि संसद पुनस्थापना या निर्वाचन के भन्ने विषयमा काँगेसले आफ्नो धारण बनाउन नसकेका बेला भट्टराईको यस्तो भनाइ आएको हो । काँग्रेस सभापति शेर बहादुर देउवाले सर्वोच्चले संसद पुनस्थापना या निर्वाचन जे निर्णय गरेपनि आफूलाई स्विकार्य भएको बताउँदै आउनु भएको छ ।




















