कपिलवस्तु जेसिजको २१ औँ साधारण सभा सम्पन्न, अधिवेशनका लागि भोलि चुनाव हुने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य कपिलवस्तु, माघ १२
कपिलवस्तु जेसिज बर्ष २०२० को २१ औँ बािर्षक साधारण सभा सम्पन्न सम्पन्न भएको छ । विभिन्न सामाजिक कार्यमा अग्रसर कपिलवस्तु जेसिजको साधारण सभा श्रीपेच होटल एण्ड रिसोर्टमा सम्पन्न भएको हो ।

साधारण सभामा कपिलवस्तु जेसिज बर्ष २०२० का अध्यक्ष मनोज खत्रीले संस्थाले गरेको कार्यक्रम तथा आगामि कार्ययोजना प्रस्तुत गरेका थिए भने महा सचिव प्रबिन पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै नयाँ कार्यसमिति चयनमा केहि विवाद भएपछि भोलि चुनाव हुने निर्वाचन अधिकृत पोष्टराज गौतमले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले कपिलवस्तु जेसिजले विगतका दिनमा सामाजिक कार्य गर्दै आईरहेको र आगामि दिनमा पनि गर्ने विश्वास व्यक्त गरे ।

पुर्व अध्यक्ष यज्ञ प्रसाद भट्राई, रुक बहादुर भुसाल, कृष्णराज अर्याल, रमेश चन्द्र भुसाल, रविराज आचार्य लगातयले शुभकामना मन्तब्य दिएका थिए ।

कपिलवस्तु जेसिज बर्ष २०२० का अध्यक्ष मनोज खत्रीको अध्यक्षता, कार्यक्रम संयोजक शंकर प्रसाद न्यौपानेको स्वागत मन्तब्य तथा महासचिव प्रविन पौडेलको सञ्चलालनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ माघ १२, सोमबार १३:५८