अनेरास्ववियू कपिलवस्तुले पुर्णता पायो, सपथ ग्रहण पनि सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्वियु) कपिलवस्तुको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ । अनेरास्वियु जिल्ला सम्मेलनको आयोजक कमिटिको आयोजनामा भएको पहिलो पुर्ण बैठक व्यापार सघं कपिलवस्तुको हल चन्द्रौटामा सम्पन्न भएको हो । बैठकमा अनेरास्वियु कपिलवस्तु जिल्ला सम्मेलन आयोजक कमिटिका २ सय १ सदस्यहरुको सपथ ग्रहण पनि गरिएको छ । अनेरास्ववियू केन्द्रीय स्थायी कमिटि सदस्य श्याम प्रसाद प्रजापतिले सपथ ग्रहण गराएका हुन् ।

त्यस्तै ५१ सदस्यीय सचिवालय र ५ सदस्यीय कार्यलय गठन गरेको छ । प्रथम बैठकले जिल्ला कमिटिलाई पुर्णता दिने, जिम्मेवारी प्रदान गर्ने, सचिवालय गठन गर्ने, जिल्ला कार्यालय गठन गर्ने जस्ता महत्वपुर्ण प्रस्ताव पारित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पार्टी फुटतर्फ हैन जुटतर्फ जानुपर्नेमा जोड दिएका थिए । नेकपा केन्द्रिय सदस्य समेत रहेका पोख्रेलले नवगठित जिल्ला कमिटिका सदस्यहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरे । पोख्रेलले वर्तमान राजनीतिक विषम परिस्थितिमा देश र जनताको सर्वाेपरी आवश्यकता सामाजिक कार्य जनताको सेवामा एकताबद्ध भएर अघि बढ्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले प्रचण्ड र माधव कुमार नेपालको बेइमानीले गर्दा प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुपरेको पोख्रेलले बताए । अब देश र जनताको नेतृत्व गर्ने भनेको विद्यार्थी नै भएको हँुदा जनताको बहुदलीय जनवादलाई आत्मसात गर्दै पार्टी फुटाउनेहरुको विरुद्धमा लाग्नुपर्नेमा जोड दिए । विद्यार्थीहरुलाई क्षमता र योग्यताको आधारमा जिम्मेवारी प्रदान गर्दै अघि बढ्दै समाज परिवर्तन र जनताका सेवामा लाग्न जिकिर गरे ।

विशिष्ट अतिथि नेकपा केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य विश्राम प्रसाद चौधरीले केपी ओलीकै नेतृत्वमा छोटो समयमा ठूलाठूला योजनाहरु सम्पन्न भएको र सम्भव भएकोले आज र भोलिका लागि पनि केपी ओलीकै नेतृत्वमा सरकारको आवश्यकता रहेको बताए । उनले देश र जनताका हितका लागि केपी ओलीले संविधान विघटन गर्नु परेको बताउँदै संसद विघटन हुनु गलत हो भन्ने अपवाह र भ्रममा नपर्न आग्रह समेत गरे ।

कार्यक्रममा अनेरास्ववियू केन्द्रीय स्थायी कमिटी सदस्य श्याम प्रकाश प्रजापति, नेकपा केन्द्रीय सदस्य शारदा शर्मा, अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य तथा नेकपा जिल्ला सदस्य टुकलाल गैरे, अनेरास्ववियू केन्द्रीय सदस्य तथा नेकपा जिल्ला सदस्य गोबिन्द प्रसाद आचार्य (विकास), नेकपा जिल्ला सदस्य तथा नेकपा शिवराज नगर कमिटी सचिव जगत पौडेल, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल लगायतले मन्तब्य दिंदै अब सबै एकजुट भएर सरकारले गरेका हरेक कार्यहरुलाई जनताका विचमा प्रस्तुत गर्न आवश्यक रहेको भन्दै इतिहासमै केपी ओली नेतृत्वको सरकारले चौतर्फी रुपमा तीव्र गतिमा विकास गर्न सफल भएको बताएका थिए ।

कार्यक्रमका अध्यक्ष तथा अनेरास्ववियू कपिलवस्तु जिल्ला संयोजक बाबुराम अर्यालले अनेरास्ववियू अब सक्रिय रुपले लाग्ने र सबै पालिकाहरुमा पार्टीसँग जोडिएर सामाजिक कार्यमा लागी पर्ने बताए । अब जिल्लाका प्रत्येक क्याम्पसमा झण्डा गाड्ने, अनेरास्ववियू सचिवालयको बैठकबाट विद्यार्थीहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने र त्यसमा सबै विद्यार्थीहरुलाई खटाईने उनले बताए ।

अनेरास्ववियू कपिलवस्तु जिल्ला सम्मेलन आयोजक कमिटी सम्योजक बाबुराम अर्यालको अध्यक्षता, केन्द्रिय सदस्य मदन सापकोटाको स्वागत मन्तब्य तथा सह संयोजक दयाराम पौडेलको संचालनमा बैठक सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ माघ १८, आईतवार ०६:५०