अनेरास्ववियू कपिलवस्तु एक ढिक्का

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्वियु) कपिलवस्तु एक ढिक्का भएको छ । तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु तर्फका संयोजक र तत्कालिन नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारी तर्फका सह–संयोजक रहेको अनेरास्ववियू कपिलवस्तु एक ढिक्का भएर अगाडि बढ्ने भएको छ । तत्कालिन अनेरास्ववियु तर्फका संयोजक बाबुराम अर्याल र तत्कालिन अखिल क्रान्तिकारी तर्फका सह–संयोजक दयाराम पौडेल एकताबद्ध भएर अगाडि बढ्ने भएसंगै अनेरास्ववियू कपिलवस्तु एक ढिक्का भएको हो ।

केन्द्र, प्रदेश हुंदै स्थानिय स्तर सम्म नेकपा ओली समुह र प्रचण्ड–नेपाल समुहमा विभाजित भईरहेका बेला अनेरास्ववियू कपिलवस्तुमा भने त्यसको अंश पनि नरहेको संयोजक बाबुराम अर्यालले बताएका छन् । पार्टी फुट तर्फ भन्दा पनि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने जिल्ला सह संयोजक दयाराम पौडेल बताउँछन् । केन्द्रिय नेताहरुले नै देशैभर आ–आफ्नो पक्षका कार्यकर्ता जम्मा गरेर एक अर्कालाई आरोप लगाईरहेको बेला अनेरास्ववियू कपिलवस्तुमा त्यस्तो नदेखिनुले यस जिल्लाका विद्यार्थीहरुले आफ्नो स्वार्थ भन्दा देशको संमृद्धि चाहेको प्रस्ट भएको अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य टुकलाल गैरेले लुम्बिनी दर्पणसंग बताए ।

त्यस्तै अनेरास्वियु कपिलवस्तुको प्रथम पुर्ण बैठकले जिल्ला समितिलाई पुर्णता दिएको छ । वर्तमान राजनीतिक विषम परिस्थितिमा देश र जनताको सर्वाेपरी आवश्यकता सामाजिक कार्य जनताको सेवामा एकताबद्ध भएर अघि बढ्नुपर्ने सपथ ग्रहण गरिसकेको जिल्ला कमिटि सदस्यहरु बताउँछन् ।


प्रकाशित : २०७७ माघ १८, आईतवार १४:२६