लुदअ कपिलवस्तु, माघ २७
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि निर्वाचन जारि रहेको छ । यति बेला संघको प्राङ्गणमा रहेको बुद्ध रंगशालामा मतदान भैइरहेको छ । १४ औँ बार्षिक साधारण सभा सम्पन्न भए पनि सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन हुन नसकेपछि संघको नयाँ कार्यसमिति चयनका लागि आज चुनावी प्रक्रिया अपनाइएको हो ।
मुख्य गरी दुई प्यानलमा सहमतिको प्रयास विफल भए पछि नेपाली कांग्रेसबाट डोलकराम घिमिरे र नेकपाबाट टोपनाराण बेलवासे विच अध्यक्ष पदमा प्रतिस्पर्धा हुंदै छ ।
प्रमुख निर्वाचन अधिकृतमा रविराज आचार्य रहेका छन् भने भने कानुन विज्ञका रुपमा गुणानिधि भुसाल र अधिवक्ता कृष्ण पौडेल रहेका छन् ।
प्रमुख निर्वाचन अधिकृत रविराज आचार्यका अनुसार कुल १६ सय २५ मतदाता रहेको संघ मा यति बेला ४५ प्रतिश मतदान सम्पन भएको छ ।
हेर्नुहोस फोटो फिचरहरु