उद्योग वाणिज्य संघ निर्वाचन अपडेट : घिमिरेको अग्रता कायमै, मतगणना अन्तिम चरणमा

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, माघ २८
कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको नतिजा आउने क्रम जारी छ । पछिल्लो मतपरिणमा अनुसार मुख्य पदमा कडा टक्कर छ । एक समय अग्रता कायम गरेका बेलबासेले वैरियामा मत गुमाए पछि पछि परिरहेका छन् । यो समाचार तयार पार्दासम्म लोकतान्त्रिक प्यानलका डोलकराम घिमिरे २२ मतले अघि छन् । अहिले चार नम्बरको मत गन्ने काम भइरहेको छ । आफ्नो प्रभाव क्षेत्र वैरियाबाट घिमिरेले मत पाए पछि उनको अग्रता धेरै बढेको थियो ।

अन्तिम नतिजा नआए पनि बेलबासेको पकड मानिएको चार नम्बरमा घिमिरेले बेलबासेका मत खोसेको विश्लेषण गरिन्छ । अझै केही पेटिका खोल्न बाकी रहेको समग्रमा ४० । ५० जतिको अन्तरमा डोलकराम घिमिरेले लिड गरिरहेका छन् । मतगणना अन्तिम चरणमा पुगेको छ ।


प्रकाशित : २०७७ माघ २८, बुधबार ०४:०५