रसियाले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं(
रसियाले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग उसले रेलको क्षेत्रमा लगानी गर्ने जनाएको हो ।

नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मन्त्री नेम्वाङसँगको भेटवार्ता गर्दै रेलको विस्तारमा लगानी गर्न सकिने बताएको हो ।

मन्त्री नेम्वाङले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीचमा समन्वय भएर कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताए । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको उनले जनाए ।

हाल मेट्रो रेलको रेखाङ्कन, पूर्वसम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयारी भइसकेको बताउँदै यी दस्तावेज रुसी पक्षलाई उपलब्ध गराउन तयार रहेको उल्लेख गरे ।


प्रकाशित : २०७७ फाल्गुन ४, मंगलवार ११:११